FAQs Complain Problems

संक्षिप्त परिचय

भगवानपुर गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सिरहा जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८६ं२५"५२" देखि ८६ं३०"२७" पूर्वी देशान्तर र २६ं२५"५८" देखि २६ं३७"४२" उत्तरी अक्षांशमा अवस्थित भगवानपुर गाउँपालिका क्षेत्रफलको हिसाबमा सानो तर खेतियोग्य भूमिले पूर्ण क्षेत्र हो । ३३.०३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा सखुवानन्कारकट्टी गा.पा. पश्‍चिममा नवराजपुर गा.पा. दक्षिणमा भारत देश र पूर्वमा सप्तरी जिल्ला रहेका छन् भने भगवानपुर गाउँपालिका समुन्द्र सतह देखि न्यूनतम ८४ मि. देखि अधिकतम ९२ मिटर उचाइमा रहेको छ । मिति २०७३ फाल्गुन २७ गते भगवानपुर गाउँपालिका साविकको भगवानपुर, नहरा रिगौल र इनर्वा गा.वि.स.गाभेर जम्मा ५ वटा कायम गरी गाउँपालिका घोषणा गरिएको हो ।